मानिसबाट घरपालुवा जनावरमा कोरोना फैलिने खतरा कति ? वैज्ञानिकले दिए चेतावनी !

काठमाडौं । कोरोनाको नयाँ खतरा अब मानिसबाट घरपालुवा जनावरमा धेरै भएको पाइएको छ । बेल्जियमका वैज्ञानिकले २८ जनावरहरुको लिस्ट जारी गरेका छन् ।

ति जनावरहरुमा मानिसबाट कोरोना भाइरस फैलिन सक्ने खतरा रहेको बताइएको छ ।

सूचीमा कुकुर, बिरालो, भेडा र खरोयो जस्ता जीव रहेका छन् ।

रिसर्च गर्ने बेल्जियमको एन्टवर्प यूनिभर्सिटीका वैज्ञानिकहरुले जनावरमा पनि कोरोनाको धेरै खतरा रहेको बताएका छन् ।

किनभने घरपालुवा जनावरसँग मानिसको सम्बन्ध धेरै हुने भएकोले उनीहरु पनि जोखिममा रहेको बताइएको हो ।

रिसर्चर्सले यदि कोरोनाको संक्रमण घरपालुवा जनावरसँग भयो भने यो धेरै लामो समयसम्म रहने बताएका छन् ।

साथै अर्को पटक कोरोना भाइरसको संक्रमण फैलिने बताएका छन् ।

रिसर्चर्स डाक्टर सोफी ग्रेसील्स भन्छिन्, ‘कोरोना संक्रमाण मानिसले रोक्न प्रयाश गरे पनि असफल भईरहेको छ, यदि जनावरमा यो फैलियो भने के होला ? यिनीहरु नमास्क लगाउन सक्छन्, न त सोसल डिस्टेन्सिङ अपनाउन, त्यसैले मानिसबाट जनावरमा कोरोना संक्रमण हुनबाट रोक्न आवश्यक छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?