काठमाडौं । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सी (सीएसआईआरओ)ले कोरोना भाइरसलाई लिएर नयाँ रिसर्च गरेको छ ।
जसमा आफ्नो रिसर्चमा उसले कोरोना भाइरस नोट, काँच र स्टील्सको सतहमा २८ दिनसम्म जीवित रहने बताएका छन् ।
त्यस्तै अन्य मोवाइल र प्लास्टिक जस्ता सामानमा पनि कोरोना भाइरसको संक्रमण लामो समयसम्म रहि रहन सक्ने बताइएको छ ।
यो स्टडी भायरोलोजी जर्नलमा प्रकाशित भएको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म २१५ वटा देशमा फैलिसकेको छ ।
वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छेन ।
अहिले हरेक दिन जसो नै २ लाख भन्दा धेरै कोरोना संक्रमित थपिइरहेका छन् भने ५ हजार भन्दा धेरैको मृत्यु भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया