काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ८१ हजार ४०८ जनाको मृत्यु भएको छ भने ३ करोड ७७ लाख ४० हजार २२७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ८३ लाख ४६ हजार ४५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार ७११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९ हजार १८४ जनाको मृत्यु भएको छ भने ७१ लाख १९ हजार ३०० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ६१ लाख ४६ हजार ४२७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ६३ हजार ६८९ जना उपचार भईरहेको छ ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा ६७ हजार ७५७ जना संक्रमित आईतवार मात्रै थपिएका छन् भने ८१३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया