नेपालमा ‘एसोसियसन अफ अलाएन्स क्लब इन्टरनेशनल’को औपचारिक घोषणा

काठमाडौं । एसोसियसन अफ अलाएन्स क्लब अब नेपालमा पनि शुरु भएको छ । उक्त क्लबमा व्यवसायी अरुणराज सुमार्गी संस्थापक गर्भनर रहने गरि गठित कार्यसमितिको घोषणा गरिएको छ ।

१५ वर्ष अघि भारतबाट सुरु भएको एसोसियसन अफ अलाएन्स क्लब हाल २० वटा देशमा आफ्नो संजाल मार्फत काम गर्दै आईरहेको छ । एसोसियसन अफ अलाएन्स क्लब ईन्टरनेसनलले भर्चुअल कार्यक्रम गरेर नेपालमा एसोसियसन अफ अलाएन्स क्लब ईन्टरनेसनल नेपालको औपचारिक घोषणा गरेको छ ।

कार्यसमितिको प्रथम उप गर्भनरमा आर्किटेक्ट इन्जिनियर कृष्ण चित्रकार, दोस्रो उप गर्भनरमा एनजीओका ज्ञाता नन्दराज पोखरेल र तेस्रो उप गर्भनरमा महिला उद्यमी धन आचार्य रहेकी छिन् ।

महासचिव आइटी इन्जिनियर दिनेश लम्साल र कोषाध्यक्ष आइटी इन्जिनियर राहुल रेग्मी र पियारोमा शुष्मा कोइराला रहेकी छिन् भने पोखराबाट महेश पौडेल, वीरगञ्जबाट रागव आचार्य र हेटौँडाबाट गौरि चिमोरिया सदस्य छिन् ।

एसोसियसन अफ अलाएन्स क्लब ईन्टरनेसनलका अध्यक्ष थिरुपती राजु प्रमुख अतिथी रहेको सो कार्यक्रममा अन्य अतिथीहरुमा पूर्व अध्यक्ष कुल्दीप सिंह, अनुप मित्तल, ए.सि ओहरि, सचिब बाला गङ्गाधर सास्त्री, कोषाध्यक्ष आर. माथिवन, भि.एम. राव र पंकज श्रीवास्तब रहेका थिए ।

ब्रेष्ट क्यान्सर हस्पिटल बनाउने लक्ष्य

“सर्भिस फर पिपुल“ भन्ने नारासहित आफ्नो काम सुरु गरेको अलाएन्स इन्टरनेशनल नेपालले आगामी ५ वर्षभित्र नेपाल सरकार सँग मिलेर विदेशी दाता र आफूहरु बाट रकम संकलन गरी “ब्रेष्ट क्यान्सर हस्पिटल“ निर्माण गर्ने लक्ष्य लिएको छ । आगामी ५ वर्षभित्र ब्रेष्ट क्यान्सरको उपचार हुने प्रविधियुक्त हस्पिटल बनाएर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको गर्भनर सुमार्गीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?