अभिनेत्री यामीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रश्न : ‘ड्रग्स लिने गर्नुभएको छ ?’ दिइन् यस्तो जवाफ !

काठमाडौं । बलिउडमा अहिले ड्रग्स कनेक्शनको केशले तहल्का मच्चाएको छ ।

बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगल्स बाहिरिएपछि त्यसको खाजि गर्दै जाँदा अभिनेत्री दीपिका पादुकोण, सारा अलि खान, श्रद्धा कपूर, रकुल प्रीत सिंहको नाम समेत जोडिएको थियो ।

यो बाहेक ड्रग्समाथि एक वेबसीरिज पनि बनिरहेको छ । जसमा रणवीर सौरी जस्ता कलाकार काम गरिरहेका छन् ।

हालै मात्र अभिनेत्री यामी गौतमलाई एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ड्रग्स सम्बन्धी प्रश्न सोधेका छन् ।

उसमा फ्यान्सले उनलाई के तपाई पनि ड्रग्स लिनुहुन्छ ? भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा भन्नु मूर्खता हो, तर तपाईले लिने गर्नुभएको छ भने मेरो दिल टुट्नेछ ।’

यसको जवाफमा अभिनेत्रीले ‘म ड्रग्सको प्रयोग गर्दिन, म यसविरुद्ध छु’ लेखेकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?