बलिउड महानायकसँग फिल्म खेल्न पाएपछि प्रभाषले भने : ‘सपना पूरा हुँदैछ’ !

काठमाडौं । डाइरेक्टर नाग अश्विनको फिल्ममा प्रभाष र दीपिका पादुकोणको साथमा अब बलिउड महानायक अमिताभ बच्चन पनि देखिने भएका छन् ।

यसको जानकारी भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।

प्रभाष र दीपिकाको फिल्म के हो भन्ने बारेमा अहिलेसम्म टाइटल दिइएको छैन, तर अमिताभ बच्चन भने फिल्ममा खेल्ने पक्का भएको छ ।

यस अवसरमा अभिनेता प्रभाषले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सपना अब पूरा हुँदैछ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?