‘भरतमुनिको नाट्यशास्त्र’ ४१ वर्षपछि दोस्रो संस्करण प्रकाशन

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक ग्रन्थ ‘भरतमुनिको नाट्यशास्त्र’को दोस्रो संस्करण प्रकाशन भएको छ ।

प्रा गोविन्दप्रसाद भट्टराईद्वारा भरतनाट्यम्बाट नेपाली भाषामा अनूदित तथा सम्पादित ‘भरतमुनिको नाट्यशास्त्र’ प्रथम संस्करण प्रकाशन भएको ४१ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशन भएको हो ।

उक्त ग्रन्थको प्रथम संस्करण २०३६ सालमा प्रकाशित थियो ।

प्रतिष्ठानको आफ्नो स्थापनाकालदेखि प्रकाशन हुँदै आएका तर हाल दुर्लभ रहेका महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनःप्रकाशन गर्दै जाने नीति छ । कूल ६३० पृष्ठको कृतिको मूल्य ७१० छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?