काठमाडौं । कोरोना महामारीसँग अहिले सारा विश्व लडीरहेको छ । हरेक दिन नयाँ रेकर्ड साम्ने आईरहेका छन् ।
यसैबीच बेलायतमा भएको एक शोधमा अनौठो खुलासा भएको छ ।
त्यहाँ लकडाउनमा पाइएका ८६ प्रतिशत कोरोना पोजेटिभमा मानिसहरुमा कुनै लक्षण नपाइएको हो ।
अध्ययनमा उनीहरुमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिएको पाइएको हो । बिहीवार दि यूनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले यस्तो बताएका हुन् ।
यो अध्ययन क्लिनिकल एपिडेमियोलोजीमा प्रकाशित भएको थियो ।
बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ४२ हजार ५९२ जनाको मृत्यु भएको छ भने ५ लाख ६१ हजार ८१५ जनालाई कोरोना संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया