यसकारण मन्त्रालय बढाउँदै प्रधानमन्त्री

काठमाडौँ, २ चैत- मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनर्गठनबारे छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेको थियो ।तर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलार्इ पनि सरकारमा ल्याउन केपी ओली नेतृत्वको सरकारले मन्त्रालय बढाउनेबारे गृहकार्य थालेको हो ।फोरम र राजपाले सरकारमा जानका लागि ओली सरकारसँग कम्तिमा पनि ३/३ मन्त्रालय मागेका छन् । संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि केही मन्त्रालय थप्ने गृहकार्य सरकारले थालेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?