डब्ल्यूएचओको चेतावनी : कोरोना संक्रमण बढ्यो भने हरेक १६ सेकेण्डमा एक मृत शिशु जन्मिन्छ !

काठमाडौं । विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) र तिनीहरुका सहयोगी संगठनले कोरोना भाइरसको बढ्दो प्रकोपलाई लिएर चेतावनी दिएका छन् ।

संगठनहरुले कोरोना भाइरसबाट गर्भवती महिला र उनीहरुको गर्भका लागि खतरा लगातार बढीरहेको बताइएको छ ।

डब्ल्यूएचओले जानकारी दिएको छ कि, यदि कोरोना भाइरसको संक्रमण झनै बढेमा हरेक १६ सेकेण्डमा एक मृत बच्चा जन्मिनेछ ।

सांकेतिक तस्वीर

यो बाहेक संगठनले हरेक वर्ष २० लाख भन्दा धेरै स्टिलबर्थका केस साम्ने आउनेछन् ।

गर्भाधानको २८ हप्ता वा त्यसपछि मृत शिशु जन्मिने वा जन्मने क्रममा शिशुको मृत्यु हुने अवस्थालाई स्टिलबर्थ भनिन्छ ।

डब्ल्यूएचओको रिपोर्टमा भनिएको छ कि, स्टिलबर्थका धेरै जसो केस विकासशील देशहरुसँग जोडिएका छन् ।

विश्व स्वास्थ्य संगठनले आफ्नो रिपोर्टमा हरेक वर्ष २० लाख बच्चाहरु मृत जन्मिने गरेको बताएका छन् ।

यो बाहेक यूनिसेफकी कार्यकारी निर्देशक ह्यान फोरले यदि कोरोनको केस अहिले बढ्न थालेमा हरेक १६ सेकेण्डमा कोहि न कोहि महिलाले यस अवस्थाको साम्ना गर्नुपर्न सक्ने बताएकी छन् ।

यस्तो केस रोक्नको लागि पेशाका चिकित्सकले, राम्रोसँग महिलाको निगरानी र गर्भधारणको बेला राम्रो हेरचाह गर्नुपर्ने उनले बताइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?