कोरोनाबाट धरानमा थप २ को मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा ४७ र ५२ वर्षीय पुरुष रहेका छन् ।
मृत्यु हुने ४६ वर्षीय पुरुषमा सुनसरीको धरान ८ का रहेका छन्। पहिलेदेखि दीर्घ रोगी रहेका उनमा साउन २० मा कोरोना पुष्टि भएको हो भने आज दिउँसो मृत्यु भएको हो ।
अर्का मृतकमा झापाको दमकका रहेका छन् । उनमा १८ गते कोरोना पुष्टि भएकोमा उपचारका क्रममा आजै मृत्यु भएकोहो । उनी पनि दीर्घ रोगी भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?