मुख्यमन्त्री राउतद्वारा दृष्टि विशेषज्ञ साहलाई बधाई

जनकपुर । मुख्यमन्त्री लालबावु राउतले अन्तर्राष्ट्रियस्तरको ‘आई हिरो अवार्ड’ बाट सम्मानित हुनुभएकोमा दृष्टि विशेषज्ञ दीपककुमार साहलाई हार्दिक बधाई ज्ञापन गरेका छन्।

“तपाईँ र तपाईँजस्ता दृष्टि विशेषज्ञको योगदानको चिरकालसम्म स्मरण हुनेछ”, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरेको बधाई सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ को महोत्तरी गाउँपालिका–६ गोरीगम्माका दृष्टि विशेषज्ञ साहको उत्तरोतर प्रगतिको समेत कामना गरेका छन् ।

‘द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्स ब्लाइन्डनेशन’ले आँखाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तीन विधा क्षेत्रमा प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘आई हेल्थ हिरो अवार्ड’ अन्तर्गत साहलाई सो अवार्ड प्रदान गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?