काठमाडौं । मैत्रीपूर्ण फुटबलमा जर्मनी र टर्कीले बराबरी खेल खेलेका छन् । बुधवार राति भएको खेलमा जर्मनी र टर्कीले ३–३ गोलको बराबरी खेल खेलेका छन् ।
दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टर्कीले घरेलु टोली जर्मनीलाई बराबरीमा रोकेको हो । टर्कीका लागि ओजान तुफान, एफेकेन कराका र केनन करमनले गोल गरेका थिए ।
![]()
जर्मनीलाई सुरुवाती दुई पटक अग्रता भने जुलियन ड्रेक्सलर र डेब्यु खेलाडी फ्लोरियन न्यूरोहासले दिलाएका थिए । जर्मनीलाई तेस्रो पटक खेलमा अग्रता भने जुयान लुका वाल्डस्मिटले दिलाएका थिए ।
जर्मनीले शनिवार युक्रेनसँग भिड्ने छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया