स्पेनसँग पोर्चुगलको बराबरी

काठमाडौं । पोर्चुगल र स्पेनबीच भएको मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ । बुधवार राति भएको खेलमा दुवै टिमले गोल गर्ने अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो ।

नेसन्स लिगको तयारीका लागि दुवै टिम मैत्रीपूर्ण खेलमा उत्रिएका थिए ।

Cristiano Ronaldo was the star, but Spain vs. Portugal was a masterpiece -  SBNation.com

फरवार्ड क्रिस्टियानो रोनाल्डो र रेनेटो साञ्चेजको प्रहार क्रसबारमा लागेपछि पोर्चुगलले अग्रताको अवसर गुमाएको थियो ।

करिब ५० हजार दर्शक क्षमताको जोस अलवलेड स्टेडियममा करिब २५ सय दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो ।

Cristiano Ronaldo completes World Cup hat trick with unbelievable goal -  SBNation.com

सर्जियो रामोसले स्पेनका लागि १ सय ७३ औं खेलमा मैदान उत्रिएका थिए । रामोसले निकै राम्रो गोल गर्ने अवसरमा चुकेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?