काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसौ ५ हजाभन्दा धेरै मानिसको मृत्यु भईरहेको छ भने २ लाख भन्दा धेरै संक्रमितहरु थपिइरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।
यसैबीच कोरोना भाइरसको संक्रमणले गम्भीर रुपमा बिरामी भएका पुरुषको प्रजनन क्षमता घट्नसक्ने एक अध्ययनले बताएको छ ।
इजरायलका डाक्टरहरुले कोरोना संक्रमित बिरामीहरुमा गरेको अध्ययनमा यस्तो तथ्य बाहिरिएको हो ।
इजरायलस्थित शेबा मेडिकल केन्द्रका डाक्टर डेन एडेरको नेतृत्वमा भएको रिसर्चमा कोरोना संक्रमित पुरुषहरुमाथि अनुसन्धान गरिएको थियो ।
उक्त क्रममा कोरोनाबाट संक्रमित पुरुषहरुमा अध्ययनका क्रममा उनीहरुको शुक्रकिटसमेत कोरोना भाइरसबाट संक्रमित हुने र त्यसले पुरुषको प्रजनन क्षमतामा गिरावट ल्याउने तथ्य पत्ता लागेको बताइएको छ ।
डाक्टर डेन एडेरका अनुसार कोरोना भाइरसका कारण पुरुषमा शुक्रकिटको मात्रा आधाले घट्न सक्छ ।
डाक्टर डेनले कोरोना भाइरस संक्रमणले पुरुषमा शुक्रकिटको गुणस्तरमा पनि असर पार्ने बताएका छन् ।
साथै उनले कोरोना भाइरसको संक्रमणले पुरुषका अण्डकोषका दुईवटा विशेष कोषलाई समेत नष्ट गर्न सक्ने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया