कोरोना कहर : भारतमा बुधवार थपिए ७८ हजार भन्दा धेरै संक्रमित, मृतक कति ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ६० हजार ३८२ जनाको मृत्यु भएको छ भने ३ करोड ६३ लाख ८६ हजार ४५५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ७४ लाख ६ हजार ४२२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६७ हजार ४१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण भारतमा १ लाख ५ हजार ५५४ जनाको मृत्यु भएको छ भने ६८ लाख ३२ हजार ९८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५८ लाख २४ हजार ४६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ७८ हजार ८०९ जना संक्रमित थपिएका छन् भने ९६३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?