न्यायालय रुपान्तरणको यो उपयुक्त मौका हो : बिडारी

काठमाडौं, १ चैत । राष्ट्रिय सभा सदस्य एवम् कानूनविद रामनारायण विडारीले आजको मितिबाट न्यायालयलाई रुपान्तरण र सुधार गर्ने मौका मिलेको स्पष्ट पारेका छन् ।उनले भने,‘सबै निकाय रुपान्तरण भएपनि न्यायापालिका अझै पनि रुढिवादी, परम्परागत रुपमाचलेको छ, श्रीमानका अगाडि सबै नतमस्तकहुने अवस्था छ, त्यहाँ भित्र विकृति, अन्याय मात्रै छैन्, भ्रष्टाचारको प्रतिष्पर्धा हुन्छ, आजको मितिबाट अब न्यायालय सुधार गर्ने मौका मिलेको छ, न्यायालयलाई सक्षम, सबल र जन उत्तरदायी बनाउनुपर्छ ।’विडारीले सर्वोच्च अदालतमा अत्यन्तै अराजक भइरहेको आरोप लगाए । उनले भने,‘फैसलाहरु प्रक्रिया अनुसार भएनन्, न्यायाधीशहरु आचारसंहिता विपरित चलिरहेका छन् । प्रधानन्यायाधीशलाई पनि अधिकार बढि भएको हो, गतिलो मुद्दा पाउनको लागि न्यायाधीशहरुबीच झगडा हुन्छ ।’न्यायपरिषद सचिवलालयद्वारा पत्र काटिएको विवाद अब सर्वोच्च अदालतले हेर्ने पनि उनको भनाई थियो । उनले भने,‘सर्वोच्च अदालतले जे फैसला गर्छ, त्यही हुन्छ ।’अहिले देखिएको विवाद एक हिसवाले ‘कु’ जस्तो देखिएको बताउँदै विडारीले भने,‘दुवै तिरबाट अलि अलि बल जफ्ती भएको छ, प्रधानन्यायाधीश पद मुक्त भएको होईन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?