काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट लगातार मृतकको संख्या बढीरहेका बेला एक्सपर्टले भने कोरोनाको मृत्यु भन्दा पनि ठूलो समस्या लङ कोभिड भएको बताएका छन् ।
लामो समयसम्म रहिरहने कोरोना संक्रमणले मृत्युको भन्दा पनि धेरै डरलाग्दो अवस्था देखाउने विज्ञहरुले बताएका छन् ।

ब्रिटेनका प्रमुख स्वास्थ्य विशेषज्ञले कोरोनाबाट भएका मृत्यु भन्दा पनि ठूलो समस्या लङ कोरोना बन्न सक्ने बताएका छन् ।

किनभने कोरोनाबाट निको भए पनि उनीहरुलाई अन्य समस्याले धेरै दुख दिने कारणले गर्दा समस्या झनै बढ्ने विज्ञको भनाई छ ।

ब्रिटेनका चर्चित साइन्टिस्ट टिम स्पेक्टरले कोरोना भाइरसले धेरै मानिसको इम्यून सिस्टमलाई बिगारीरहेको बताएका छन् ।

जसका कारण दिमागमा समस्या परेको उनले बताए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया