काठमााडौं । रुसमा विवाहकै दिन बेहुलाले कुटेर बेहुलीको हत्या गरेको खबर बाहिर आएको छ ।
रुसको नोबासिबिरिकका ३३ वर्षका ती बेहुलाले अन्य पाहुनाकै अगाडि बेहुलीलाई कुटेर हत्या गरेका हुन् । ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् ।
डरका कारण बेहुलीलाई बचाउन भने कोही पनि सरेनन् । यस पार्टीमा सबै पाहुनाहरु रक्सीले मातेका थिए । प्रहरीले आरोपित युवकलाई पक्राउ गरिसकेको छ ।
प्रहरी स्रोतका अनुसार स्टिफन डोलगिख नामका यी युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेका छन् ।
डोलगिखले पुरानो अपराधका लागि जेल जीवन बिताइरहेका बेला ओकसानासँग उनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनीहरुले बिहे गर्ने फैसला गरेका थिए ।
स्थानीय प्रहरीका अनुसार बिहे भोज चलिरहेका बेला बेहुला–बेहुलीबीच झगडा भयो, त्यसपछि बेहुला आवेशमा आए ।
रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि उनले श्रीमतीमाथि कुटपीट थाले ।
अनुसन्धान खटिएका प्रहरी किरिल पित्रुसिनका अनुसार यी युवकले युवतीमाथि मुक्का प्रहार गर्ने र उनलाई लात्तीले हान्ने काम पाहुनाहरुकै अगाडि गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया