काठमाडौं । उत्तर कोरियाली तानाशाह किम जोङ उनले जनवरीमा पाँच वर्षे योजना बनाउने अधिवेशन शुरु हुनु अगावै देशव्यापी अभियानको आह्वान गरेका छन् ।
किमले हरेक क्षेत्रमा लक्ष्य प्राप्तिका लागि ८० दिने अभियान चलाउन लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताउका छन् । नेता किमले यही सोमवार सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरो बैठकमा यस्तो घोषणा गरेको बताइएको छ । यसबेला आँधीशेहरी र बाढी झेलिरहेको उत्तर कोरियाली अर्थ व्यवस्था महामारीका कारण थप खस्किरहेको बेला पार्टीको बैठक बसेको हो ।
नेता किमले भनेका छन्, ‘हामीले अझै चुनौतीहरु समना गर्दैछौँ, जुन बेवास्ता गर्न सक्दैनौँ र केही लक्ष्य यही वर्षभित्र प्राप्त गर्नुपर्छ।’ एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया