काठमाडौं । अलगाववाद क्षेत्र नागोर्नो-कराबाखलाई लिएर अर्मेनिया र अजरबैजानबीच अहिले युद्ध भईरहेको छ ।
यसको चपेटामा अजरबैजानको दोश्रो ठूलो शहर गान्जा पनि परेको छ ।
अजरबैजानले अर्मेनियामाथि गान्जा र मिनगाचेविर शहरमा टार्गेट बनाएको आरोप लगाएको छ । गान्जामा एक नागरिकको मृत्यु भएको छ भने अन्य ४ जना घाईते भएका छन् ।
अजरबैजानका राष्ट्रपतिका सहयोगी शिकमत हाजियेवले यो कुराको पुष्टि गरेका छन् । गान्जामा अर्मेनियाले मिसाइल हमला समेत गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया