ट्रम्पसहित ह्वाइट हाउसका १५ जना सांसदमा कोरोना संक्रमण

काठमाडौं । तीन दिन पहिला कोरोना संक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचार पछि आज अस्पतालबाट ह्वाइट हाउस पुगेका छन् ।

उनले उक्त समयमा कोरोनाबाट डराउने आवश्यक्ता नरहेको बताएका छन् । डाक्टरले भने उनले आफ्नो स्वास्थ्यको ध्यान राम्रोसँग गर्नुपर्ने बताएका छन् ।

उनले ह्वाइट हाउस पुगे लगत्तै लगाईरहेको मास्क हटाएका थिए । यसैबीच् राष्ट्रपति ट्रम्प समेत ह्वाइट हाउसका १५ जना सांसद र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसको जानकारी दिएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?