काभानी म्यानचेस्टर युनाइटेडमा

काठमाडौं । उरुग्वेका स्ट्राइकर एडिनसन काभानीलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलेलाई अनुबन्धित गरेको छ ।

युनाइटेडले ट्रान्सफर विन्डोको अन्तिम दिन काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकरले युनाइटेडसँग दुई वर्षको सम्झौता गरेका छन् । यद्यपी एक वर्ष पछि क्लब वा काभानीले सम्झौता रद्ध गर्न चाहेमा सम्झौता रद्ध हुने जनाइएको छ ।

काभानीले क्लब फुटबलमा ५ सय ५६ खेलमा ३ सय ४१ गोल गरेका छन् ।

पीएसजीका लागि काभानीले ३ सय १ खेलमा २०० गोल गरेका छन् भने उनले उरुग्वेका लागि १ सय १६ खेलमा ५० गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?