कोरोना कहर : भारतमा ह्वात्तै घटे संक्रमित, सोमवार अगस्ट २४ यताकै कम

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म १० लाख ४५ हजार ९४२ जनाको मृत्यु भएको छ भने ३ करोड ५६ लाख ९८ हजार २५५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ६८ लाख ६६ हजार ६५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ८८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण १ लाख ३ हजार ६०० जनाको मृत्यु भएको छ भने ६६ लाख ८२ हजार ७३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख ६५९ हजार ११० जना संक्रमण मुक्त भएका छन् भने ९ लाख १९ हजार ३६३ जना उपचाररत छन् ।

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार मात्रै ५९ हजार ८९३ जना संक्रमित थपिएका छन् ।

यो संख्या अगस्ट २४ यताकै सबैभन्दा कम हो । त्यस्तै सोमवार भारतमा ८८६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?