कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि के गर्दैछ फ्रान्स ?

पेरिस । फ्रान्सको राजधानीमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्न थालेसँगै नियन्त्रणका थप उपाय अवलम्बन गरिन लागेको पेरिस प्रहरी प्रमुख डिडियर लालेमन्टले सोमवार बताएका छन् ।

कोभिड–१९ का कारण इटाली र स्पेनपछि बढी प्रभावित मानिएको फ्रान्समा महामारीका कारण अहिलेसम्म संक्रमितको सङ्ख्या छ लाख १९ हजार १९० व्यक्ति प्रभावित बनेका छन् । फ्रान्समा कोरोना भाइरस संक्रमित ३२ हजार २३० व्यक्तिको मृत्यु भएको छ ।

यूरोपमा देखिएको पहिलो लहरको संक्रमणमा केही कमी देखिन थालेपछि र संक्रमण नियन्त्रणका लागि लिइएका उपायका कारण उद्योग तथा राष्ट्रिय अर्थतन्त्र प्रभावित बनेपछि यूरोपका विभिन्न मुलुकले लकडाउनलाई खुकुलो बनाएको थियो ।

राजधानी पेरिसले आगामी १५ दिन संक्रमण नियन्त्रणका लागि थप कडाइ गर्न लागेको डिडियरले बताए ।

उनले भने, “यो बिहान हामीले संक्रमण नियन्त्रणका लागि नयाँ कदम लिएका छौँ । नयाँ नियन्त्रणका उपाय बढी बाक्लो वस्ती रहेका पेरिस र यसको भित्री घेरामा रहेका वस्तीमा १५ दिनका लागि लागू गरिने छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?