काठमाडौं । रोबर्ट लेवान्डोस्कीको चार गोलमा बार्यन म्युनिखले जित हात पारेको छ ।
आईतवार राति भएको खेलमा लेवान्डोस्की एक्लैले चार गोल गर्दा जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले जित हात पारेको हो । बायर्नले हेर्था वर्लिनमाथि ४–३ गोल अन्तरले जित हात पार्यो ।

खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर बनाए । जोन कार्डोेबाले ५९ औं मिनेटमा एक गोल फर्काए । वर्लिनकै माथियस क्यून्हाले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेल सकिन ५ मिनेट अघि लेवान्डोस्कीले गोल गर्दै पुन बार्यनलाई ३–२ अग्रता दिलाए । त्यसको तीन मिनेटपछि वर्लिनका नागमले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्ननलाई जित दिलाए । जितसँगै बायर्नले ३ खेलबाट ६ अंक जोडेको छ । वर्लिन क्लब ३ अंक जोड्दै तालिकाको १३ औं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया