वाट्सनले हाने १०१ मिटर लामो छक्का, चेन्नईले निकाल्यो दोश्रो जित

काठमाडौं । लगातार ३ म्याच हारेको चेन्नई सुपरकिंग्स आफ्नो लयमा फर्किएको छ । हिजो भएको खेलमा चेन्नईले किंग्स इलेभन पञ्जावलाई १० विकेटले पराजित गरेको हो ।

चेन्नईका शेन वाट्सनले नटआउट ८३ र फाफ डू प्लेसिसले नटआउट ८७ रनको योगदान दिए ।

पञ्जावले दिएको १७९ रनको लक्ष्य चेन्नईले कुनै विकेट नगुमाई पूरा गर्यो । खेल सकिन १४ बल बाँकी रहँदै चेन्नईले लक्ष्य पूरा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?