काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
यसैबीच कारोना सबैभन्दा पहिला शुरु भएको देशमा अहिले ६० करोड मानिसहरु यात्रा गरिरहेका छन् ।
८ दिनका लागि चीनमा राष्ट्रिय दिवसको अवसरमा छुट्टि दिईएको छ । जसमा ६० करोड मानिसहरु विभिन्न ठाउँमा भ्रमणका लागि जान सक्ने अनुमान रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया