काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियायानका प्रमुख बिल स्टेपियनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार ट्रम्प दम्पत्तीलाई कोरोना संक्रमण भएको दोश्रो दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
ह्वाइट हाउसकी पूर्व काउन्सिलर केलियन कनवेले पनि आफू कोरोना भाइरसबाट संक्रमित भएको खुलाएकी छिन्।
उनी पछिल्लोपटक राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेटको नाम प्रस्ताव गर्नका लागि आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।
राष्ट्रपति ट्रम्प भने अहिले श्वासप्रश्वासमा समस्या र ज्वरो आएका कारण अस्पतालमा भर्ना भएका छन् ।
उनी शुक्रवार नै हेलिकप्टमार्फत अस्पताल पुगेका थिए । उनले आफू ठीक रहेको एक भिडियो मार्फत जनाएका छन् ।
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया