टिभेट पत्रकारिता पुरस्कार स्थापना

भादगाउँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले टिभेट पत्रकारिता पुरस्कार स्थापना गरेको छ । सिटिइभिटीले आज प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम (टिभेट) जनसचेतना अभियान अन्तर्गत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको जानकारी दिएको हो ।

नेपालमा टिभेटसम्बन्धी खोजमूलक समाचार रिपोर्टिङलाई प्रोत्साहित गर्न तथा टिभेटको प्रवद्र्धनमा नेपाली सञ्चारमाध्यमको योगदानको कदर समेत गर्नका लागि सो पुरस्कार स्थापना गरिएको सिटिइभिटीका सूचना अधिकारी अनिल ब्रजाचार्यले जानकारी दिनए ।

पुरस्कारको राशि प्रमाणपत्रसहित प्रथम हुनेलाई ४० हजार रुपैयाँ, द्वीतिय हुनेलाई २० हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ रहेको छ । पुरस्कारको घोषणा आगामी मङ्सिर १६ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?