क्रिकेटबाट सन्यास लिएसँगै मनोरञ्जन क्षेत्रमा धोनीको इन्ट्री !

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्टमा इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएका थिए ।

उनका फ्यान्सहरु उनी रिटायरमेण्ट पछि के गर्छन् भन्ने कौतुहलमा रहेका थिए । यसैबीच उनकी श्रीमती साक्षीले धोनीले रिटायरमेण्ट पछि के गर्दैछन् भन्ने बारेमा बताएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार धोनी अब वेब सीरिज प्रोड्यूस गर्न लागेका छन् । उनले २०१९ मा डक्यूमेन्ट्री द रोर अफ द लायन लञ्च गरेका थिए ।

अब धोनी एक वेब सिरिज लिएर आउन लागेको उनले बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?