काठमाडौं, ३० फागुन । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातका चालक तथा सह–चालकले विशेष पोशाक लगाउने भएका छन् ।आगामी चैत ६ गतेदेखि पहिलो चरणमा उपत्यकाभित्रका माइक्रो बसका चालकहरुले विशेष पोशाक लगाउने भएका छन् । यो व्यवस्थालाई क्रमैसँग उपत्यका बाहिरका जिल्लाहरुमा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाकारी दिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले भने, यातायात चालक र सह–चालकको पहिचान झल्किने गरी विषेश ड्रेस कोड तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने निर्णय भइसकेको बताए ।आगामी चैतको ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला ‘विन्ड चिटर’ लगाउने छन् ।महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै पोशाकको व्यवस्था गर्न केही महिनाअघि देखि नै प्रयास थालेको थियो ।काठमाडौं उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया