काठमाडौं । आईपीएलमा मुम्बई र पञ्जावबीच बिहीवार भएको खेलमा बिस्फोटक ब्याटिङ देखियो ।

समग्रमा भन्दा बलर र ब्याट्सम्यानले खेलमा धेरै नै संघर्ष गरेको देखियो । पञ्जावका बलरले मुम्बईलाई शुरुवाती झट्का पनि दियो । तर कप्तान रोहित शर्माले पारी सम्हाल्दै मुम्बई स्कोर उठाए ।

उनले आईपीएलमा आफ्नो ३८ औँ अर्धशतक प्रहार गर्दै सुरेश रैनासँगको रेकर्ड बराबरी गरे । सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने खेलाडी भने डेभिड वार्नर रहेका छन् । साथै मुम्बईले पछिल्ला ६ ओभरमा मात्रै १०४ रन जोडेको थियो ।

जसका कारण उसको स्कोर १९० पुग्यो । यसमा ४ छक्का कीरोन पोलार्ड २ छक्का हार्दिक पाण्डेले प्रहार गरे ।

सातै पञ्जावका कप्तान लोकेश राहुलले पनि मुम्बई विरुद्ध आफ्नो ५ सय रन पुरा गरे ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया