काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै विश्वमा हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरसलाई लिएर गम्भीर चेतावनी दिएका छन् ।

उनले कोरोना भाइरसको अन्त्य नदेखिएको भन्दै सचेत रहन चेतावनी दिएका हुन् ।
उनले भने, ‘१० लाख मानिसहरुको ज्यान गईसकेको छ, यो एकदमै हैरान बनाउने घटना हो, मृत्यु हुनेमा आमा,बुवा, छोरा, छोरी, दिदी, बहिनी, दाजुभाई सबै थिए, आफन्त गुमाउनु पर्दा उनीहरुमा थप पीडा थपिएको छ, कोरोनाले जागिर गुमाउने जीवनलाई नोक्शान पुग्ने घटना अझै सकिएको छैन ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया