काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ रहेको छ ।
कुल संक्रमित मध्ये ७१.९ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ५१२४ जना
प्रदेश २ मा १३८९८जना
वाग्मती प्रदेश १६०९० जना
गण्डकी प्रदेशमा ३३७९ जना
प्रदेश ५ मा ८९११ जना
कर्णाली प्रदेशमा २९६८ जना
सुदूरपश्चिम प्रदेशमा ७०१९ जना
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमितको संख्या हो ।
देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया