काठमाडौं । हाथरस सामूहिक बलात्कार केसमा मृतक बिटियाको शवको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
सफदरजंग अस्पतालको फोरेन्सिक विभागले प्रहरीलाई पोस्टमार्टम रिपोर्ट सुम्पिएको हो ।
रिपोर्टमा मृतक युवतीको घाटीको साथै कम्मर र अन्य अंगहरु फ्याक्चर गरिदिएको बताइएको छ । विभागले मृतक युवतीको भिसेरा लिएर जाँचका लागि पठाएको बताएको छ ।
बलात्कार भएको १५ दिनपछि उपचारका क्रममा युवतीको मृत्यु भएको थियो ।
पुलिसले उनको पर्विारलाई समेत हेर्न नदिई उनको शव जलाईदिएपछि भारतका विभिन्न ठाउँमा व्यापक प्रदर्शन भईरहेको छ ।
युवतीको सामूहिक बलात्कार पछि जिब्रो काटिदिइएको थियो । यउक्त घटना सेलाउन नपाउँदै फेरि भारतका बालराममा अर्को डरलाग्दो बलात्कारको घटना भएको छ ।
पीडित २२ वर्षीया युवतीलाई कलेजको फी तिरेर आउने क्रममा सामूहिक बलात्कार गरेर बलात्कारीले युवती बेहोस भएपछि अटोमा हालेर पठाईदिएको र अस्पताल पुर्याउँदा उनको मृत्यु भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया