चीनले एकसाथ चार समुन्द्रमा गर्यो सैन्य अभ्यास !

काठमाडौं । चीन र भारतको बीचमा लगातार सीमा विवाद जारी रहेको छ ।

सैन्य वार्ता भईसकेपछि पनि चीन र भारतबीचको समस्याको समाधान निस्किन सकेको छैन । यसैबीच चीनले एकसाथ समुन्द्रमा सैन्य अभ्यास शुरु गरेको छ ।

चीनको समुन्द्री सुरक्षा प्रशासनले आफ्नो वेबसाइटमा एक नोटिस जारी गर्दै दुई सैन्य अभ्यास चीन सागरमा प्याराकेल द्वीपको नजिक भईरहेको बताएको छ ।

एक पूर्वी चीन सागरमा र अर्को उत्तरको बोहाई सागरमा भएको बताइएको हो ।

नोटिसमा येलो सीको दक्षिण भागमा सोमवारबाट बुधवारसम्म लाइभ फायर अभ्यास गरिने बताइएको छ ।

जहाँ अभ्यास भईरहेको छ, त्यस क्षेत्रमा कुनै पनि समुन्द्री जहाज आउन जान वर्जित हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?