काठमाडौं । भारतको दिल्लीमा एक सब इन्सपेक्टरले ससुराको हत्या गरेका छन् ।
उनले शुरुमा प्रेमीकालाई गोली हानेको र त्यसपछि ससुराल गएर आफ्नो ससुराको हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
सन्दीप दहिया नाम गरेका सब इन्सपेक्टरले अवैध सम्बन्धको कुरा परिवारले थाहा पाएपछि यस्तो गरेको बताइएको छ ।
उनकी श्रीमती माईतमा बसीरहेको बेला उनी त्यहाँ नै गएर ससुराको हत्या गरेका हुन् ।
उनले ससुरालमा गएर श्रीमती खोज्दा नभेटेपछि ससुराको हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले आईतवार साँझ आफ्नी प्रेमीकालाई पनि गोली हानेकोब ताइएको छ ।प्रेमिकाको अहिले अस्पतालमा उपचार भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया