नासाकी यी अन्तरिक्ष यात्री अन्तरिक्षबाटै गर्दैछिन् मतदान !

काठमाडौं । अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ ।

यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी पार्टीका नेता जो बाइडेनले आफ्नो प्रचार व्यापक गरिरहेका छन् ।

दुबै पक्षका कार्यकर्ताहरु पनि उत्साहित छन् । तर कोरोनाको कारण भने चुनावमा केहि समस्या हुन सक्ने चिन्ता व्यक्त भईरहेका छन् ।

त्यसैले मानिसहरु आफ्नो घरमै बसेर मताधिकारको प्रयोग गर्न सक्नेछन् ।

यसैबीच अमेकिरी अन्तरिक्ष यात्री केट रुबिन्सले राष्ट्रपति चुनावमा आफ्नो मताधिकार अन्तरिक्षाबाटै गर्ने भएकी छन् ।

शुक्रवार उनले भनिन्, ‘म पृथ्वीबाट करिव २०० मील टाढा अन्तरिक्षामा छु,म आफ्नो भोट यहिँ बाट हाल्ने प्रयास गर्नेछु ।’

अमेरिकी अन्तरिक्षा एजेन्सीका अनुसार केट रुबिन्स २००९ बाट नासामा सामेल भएकी हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?