प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चरणको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चरणसम्म १ हजार ५ सय ९५ जनामा क्लबका स्टाफमा परिक्षण गरिएको थियो । सेप्टेम्बर २१ देखि २७ सम्म गरिएको परिक्षण सो संंख्या पत्ता लागेको हो । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको परिचय भने खुलाईएको छैन । सबैलाई १० दिनकालागि एकान्तवासमा पठाईएको छ ।

गत हप्ता वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयस सहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो ।

सन् २०२०–२१ को प्रिमियर लिग सिजन सेप्टेम्बर १२ बाट शुरु भएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?