सरकारी सेवाको अवसर : कोरोनाका कारण रोकिएको नेपाली सेनाको भर्ना खुल्यो

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ का कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा आज मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो ।

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ सम्पर्क गर्न समेत सूचीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?