काठमााडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ६ हजार ३३७ जनाको मृत्यु भएको छ भने ३ हरोड ३५ लाख ४६ हजार ६५१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ४८ लाख ७६ हजार १६९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ३४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ९ हजार ८०८ जनाको मृत्यु भएको छ भने ७३ लाख ६१ हजार ६११ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४६ लाख ९ हजार ६३६ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४२ हजार १६७ जना उपचाररत छन् ।
त्यस्तै १४ हजार ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ६४१ जनाको मृत्यु भएको छ भने ८ लाख १३ हजार २५७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म १५ हजार ९२३ जनाको मृत्यु भएको छ भने ७ लाख ७७ हजार १६५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ७ लाख १ हजार ३०२ जनालाई संक्रमण भएको छ भने १४ हजार ४३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सोमवार मात्रै ३७ हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन् भने ३५५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया