धादिङ, २९ फागुन- — थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ ।पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको शृंखला सुरु भएको थियो । अहिले पनि रोकिनुको साटो झनै बढेको छ ।‘राजमार्ग कालोपत्रे गर्न २०२९ मा यहाँ आएका २८ जिल्लाका मजदुरमध्ये अधिकांशले ३ पुस्ता यतै गुजारे,’ स्थानीय रामचन्द्र रूपाखेतीले भने । त्यतिबेला गिट्टी कुटने स्वचालित विद्युतीय उपकरण थिएनन् । मजदुरका परिवार हातैले कुट्थे । ठेकेदारले संकलन गरी राजधानी निर्यात गर्थे । ‘यो चलन अझै पनि छ, दैनिक ५ हजार मजदुर ढुंगा संकलन गरी ट्याक्टरलाई बेच्ने र गिट्टी कुट्ने काममा संलग्न छन्,’ रूपाखेतीले भने, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया