जम्मू-कश्मिरमा भूकम्प

काठमाडौं । सोमवार बिहान जम्मू-कश्मिरमा फेरि भूकम्प गएको छ ।

भूकम्प ४.२ रेक्टर स्केलको गएको बताइएको छ । भूकम्प आज बिहान १० बजेर ४२ मनेटमा गएको हो ।

जमीन भन्दा ५ किलोमिटर तलको सतहमा भूकम्पको केन्द्र रहेको बताइएको छ ।

यो भन्दा पहिला पनि शनिवार भूकम्प गएको थियो । त्यो बेला ४.८ रेक्टर स्केल मापन गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?