विश्वमा पाचँ लाख शार्क मार्न सकिने !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

Coronavirus Vaccine

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच कोरोना विरुद्धको भ्याक्सीन बनाउनको लागि ५ लाख शार्क मार्न सकिने बताइएको छ ।

Shark

वाइल्ड लाइफ एक्सपर्टले यो चेतावनी दिएका हुन् । शार्कको लीभरमा रहेको एक तेलको प्रयोगबाट भ्याक्सीनको सामाग्री तयार पार्नको लागि ५ लाख शार्क मार्न लागिएको बताइएको छ ।

Coronavirus

कोरोना भाइरसका केहि भ्याक्सीनको प्रयोगमा शार्कको लीभरको तेल रहेको बताइएको छ । भ्याक्सीनको प्रभाव बढाउनको लागि यसको प्रयोग हुन्छ ।

अमेरिकाको क्यालफोर्नियाको शार्क अलाइज संस्थाले भ्याक्सीनको लागि ५ लाख शार्क मार्न सकिने बताएको हो ।

Coronavirus

शार्कको लीभरमा स्क्वाइलेन नामको पदार्थ पाइन्छ । यो एक किसिमको नेचुरल आयल हुन्छ । यसको प्रयोग भ्याक्सीनको लागि प्रयोग गरिन्छ । संसारमा अहिले ३० वटा कोरोना भ्याक्सीनको ट्रयाल मानिसमा गरिरहिएको छ ।

शार्क अलाइजकी संस्थापक स्टीफनी ब्रेन्डिलले कुनै पनि प्रकारको प्रयोगका लागि जंगली जीव मार्न सस्टेनेबल नहुने बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?