काठमाडौं । नेपाल वाणिज्य महासंघका उपाध्यक्ष एवम् व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूले जनस्वास्थ्यको मापदण्ड पालना गर्दा गर्दै हिजो (आइतवार) कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।
स्वास्थ्यमा कुनै समस्या नभएको र आफू होम आइसोलेसनमा बसेको ढकालले बताएका छन् । “यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु ।” उनले भनेका छन् ।
साथै पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहनको लागि समेत ढकालले आग्रह गरेका छन् । ढकाल महासंघको आगामी महाधिवेशनका लागि आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्षका उम्मेद्वारी दिइसकेका छन् । कोरोना महामारीका कारण दुई पटकसम्म रोकिएको आगामी महाधिवेशन मंसिर ११ र १२ गते काठमाडौंमा तोकिएको छ ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनका समर्थक तथा सुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया