काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख २ हजार ३८३ जनाको मृत्यु भएको छ भने ३ करोड ३३ लाख ३ हजार २०९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ४६ लाख ३४ हजार ६१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ११४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वमा अहिले उपचाररतको संख्या ७६ लाख ६६ हजार ७६५ रहेको छ । यसैबीच चीनमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको थियो भने ८५ हजार ३७२ जनालाई कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
त्यस्तै चीनमा ८० हजार ५५३ जना संक्रमण मुक्त भएका छन् भने १८५ जनाको स्वास्थ्योपचार भईरहेको छ । ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया