काठमाडौं, २८ फागुन – युएस बंगलाको विमानमा काठमाडौं आउनेमा ३३ नेपाली रहेको खुलेको छ । विमानमा चालक दलका सदस्य सहित ७१ यात्रु थिए ।दुर्घटनामा पर्नेमा धेरैजसो बंगलादेशमा एमबीबीएस पढ्न जाने विद्यार्थी रहेको बताइएको छ । तर मृत्यु भएकामध्ये नेपाली कति थिए भन्नेबारेमा यकिन विवरण आइसकेको छैन ।बंगलादेशबाट साढे १२ छुटेको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।जहाजमा ३२ बंगाली, एक चिनियाँ नागरिक र एक जना माल्दिभ्सका नागरिक भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया