काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख २ हजार ३८३ जनाको मृत्यु भएको छ भने ३ करोड ३३ लाख ३ हजार २०९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ४६ लाख ३४ हजार ६१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ११४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वमा अहिले उपचाररतको संख्या ७६ लाख ६६ हजार ७६५ रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ९५ हजार ५७४ जनाको मृत्यु भएको छ भने ६० लाख ७३ हजार ३४८ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ५० लाख १३ हजार ३६७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ६४ हजार ४०७ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा आईतवार मात्रै ८२ हजार ७६७ जना संक्रमित थपिएका छन् भने १ हजार ४० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया