नदीमा बस्थे सबैभन्दा विशाल मांसाहारी डाइनसोर (तस्वीरसहित)

काठमाडौं । प्रागैतिहासिक जीवावशेष अध्ययनमा संलग्न विज्ञहरूले कुन मांसाहारी डाइनसोर सबभन्दा ठूलो थियो भन्ने विवादको निर्क्योल भएको विश्वास गरेका छन्।

स्पाइनोसरस

यूनिभर्सिटी अफ पोर्ट्स्मथका अनुसन्धानकर्ताहरूले डाइनसोरका १,२०० वटा दाँत फेला परेपछि नदीमा बस्ने स्पाइनसोरस प्रजातिको भीमकाय जीव नै सबभन्दा ठूलो मांसाहारी डाइनसोर भएको विषय विनाशङ्का प्रमाणित भएको बताएका छन्।

स्पाइनोसरस

उनीहरूका अनुसार प्रागैतिहासिक नदीमा पाइएका अवशेषको ४५ प्रतिशत स्पाइनसोरसका दाँतका अवशेषहरू थिए।

यी निस्कर्षहरूलाई क्रेटासियस रिसर्च जर्नलमा प्रकाशित गरिएको छ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?